जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार २२:०८

गृह मन्त्रालयले गर्यो प्रहरीका ७ डीआईजीको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए


काठमाडौं, बैशाख २१ । सरकारले सात वटै प्रदेशको प्रहरी प्रमुख हेरफेर गरेको छ । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रमुख रहने सातै प्रदेशको प्रमुखहरुको सरुवा गरेको हो ।

गृहमन्त्री रमेश लेखकले आइतवार मन्त्रीस्तरीय निर्णय गर्दै सात जना डीआईजीको सरुवा गर्नुभएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जसअनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

यसैगरी उमाप्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, अरुण पौडेललाई बागमती प्रदेश र दिनेशकुमार आचार्यलाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ । यसैगरी लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट, सुदूरपश्चिममा डम्बरबहादुर बिक र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा भने हाल पठाइएको छैन । बढुवा हुने डीआईजीबाट पठाउनका लागि अहिले सरुवा नगरिएको हो ।