जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार २२:१९

माधवको भ्रममा परियो भन्दै एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य


काठमाडौं, बैशाख २१ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान आफ्नो सवै टीमसहित नेकपा एमालेमै फर्कनुभएको छ ।

खानसँगै सो पार्टीका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र वाग्मती प्रदेश सदस्य शैलेन्द्र राउत आफ्नो मुलघर एमालेमा फर्किनुभएको हो । उहाँहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरुले आइतवार केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले ललितपुर जिल्लाका अध्यक्ष पुरुषोत्तम आचार्यसहित केन्द्र र जिल्लाका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता थियो । एमाले फर्केका नेताहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले नवप्रवेसीको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

एमालेमा फर्केका नेताहरूले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व नै आवश्यक रहेको निश्कर्षमा पुगेर पुलघर आएको बताए । उनीहरूले एमालेको नीति र विचारबाट प्रभावित भएर बिगतको गल्तीप्रति आलोचित हुँदै घर फर्कएको निश्कर्ष पनि नेताहरुले सुनाए ।