जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार २२:४८

मुस्लिम इत्तेहाद सङ्गठनको अध्यक्षमा मोहम्मद हारुन निर्वाचित, यस्तो छ पदाधिकारी टीम


 

नेपालगञ्ज, बैशाख २१ । नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा मोहम्मद हारुन हलुवाई सर्वसम्मत निर्वाचित भएका छ ।

नेपालगन्जमा आइतवार सम्पन्न ७ औं महाधिवेशनबाट हलुवाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनले उपाध्यक्षमा साजिदा सिद्दिकी र तैयव अन्सारी, महासचिवमा राजमोहम्मद मियाँ र उपमहासचिवमा जबुल मियाँलाई चयन गरेको छ । यसैगरी चार सचिवमा हलिम मियाँ (संगठन), रियासत लिमी (प्रचार), सुलेमान मियाँ (विदेश) र अब्दुल करिम खाँ (अर्थ) चयन हुनुभएको छ ।

एमाले का महासचिव शंकर पोखरेलले शनिवार उदघाटन गर्नुभएको महाधिवेशनले आइतवार ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको छ । कमिटीमा सातै प्रदेशबाट २५ जना मधेश र लुम्बिनीबाट ३-३ पुरुष र २-२ महिला गरी जम्मा १० जना, बाँकी प्रदेशबाट २ पुरुष, १ महिला गरी १५ जना निर्वाचित गरेको छ ।

यस्तै खुलातर्फ ३१ जना, २० पुरुष ११ महिलासहित ३१ जना निर्वाचित भएका छन । महाधिवेशनबाट पदाधिकारीसहित ६५ सदस्य चयन गरिएको छ भने बाँकी ३४ जना मनोनीत गरिने भएको छ ।