जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार ०६:३०

अमेरिकी डलरको मूल्य घटेको घट्यै


काठमाडौं, २३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ ।

सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा रहेको थियो ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा रहेको छ । स्वीस फ्र्यांक एकको खरिददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा तोकेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा तोकिएको छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८२ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३४९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

ल्क्ष्द्यी