काठमाडौं, २३ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
आज बिहान प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच भेटघाट भएको हो ।
अर्थमन्त्री पौडेलले पूर्वप्रधानमन्त्री प्रचण्डसँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे परामर्श गरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्