धनुषा, बैशाख २२ । नेकपा एमाले धनुषा जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ । एमाले धनुषाको जारी को ८औं जिल्ला अधिवेशनमा नेताहरू नै दुई कित्तामा बाँडिएपछि चरम विवाद भएको हो ।
प्रतिनिधिहरूका अनुसार अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो । नामावली बिवाद चर्कदा निर्वाचन समितिका पदाधिकारीमाथि नै आक्रोशित केही नेता–कार्यकर्ताले कुर्सी प्रहार गरेका एक प्रतिनिधिले जनताटाइम्स डटकमलाई बताए । उनका अनुसार नामावली बिवादमा नेताहरूसमेत दुई कित्तामा बिभिाजित भएका छन ।
धनुषा एमाले सचिव रघुबीर महासेठको गृहजिल्ला हो । धनुषाको अधिवेशन वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । निर्वाचनमा भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । यस्तै उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।
उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार दिनुभएको छ ।
सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको हो । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने एमाले धनुषाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्