काठमाडौं, वैशाख २३। मंगलबार अपरान्ह निधन भएका नेकपा एमालेका नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।
एमाले नेतासमेत रहनुभएका उहाँका भाइ समिर नेपालका अनुसार स्वर्गीय प्रदीपकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखी अन्तिम संस्कार गर्न लागिएको हो । उहाँको आज साँझ पशुपति आर्यघाटको बिधूतीय गृहमा अन्तिम संस्कार गर्न लागिएको छ ।
पारिवारका सदस्यका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ ।
एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री हुनुभएका नेता नेपालको सोही इच्छा अनुसार पार्टीले श्रद्धाञ्जलीका लागि कुनै पनि कार्यक्रम नगर्ने भएको छ ।
आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि नेपालको हकमा तोडिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्