काठमाडौं, बैशाख २३ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एउटा कर्मचारीलाई सरकारले हटाउँदा आफ्नै मुटुमा गोली लागेको जस्ता किन गरेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कडा प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचिव भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एउटा कर्मचारी हटाउँदा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गर्नुभयो ।
सांसद भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले हटाएको प्रसंगतर्फ लक्ष्य गर्दै यसले प्रचण्डलाई मुटुमै गोली लागेकोजस्तो भएको बताउनु भयो । तर भट्टराईले कुलमान घिसिङको नाम नलिइकन सहसचिवस्तरको एक कर्मचारी भन्नुभयो ।
‘प्रधान सेनापति हटाएजस्तो र मुख्य सचिवलाई जगेडामा लगेर राखेजस्तो कुरा त होइन त्यो,’ भट्टराईले भन्नुभयो, ‘यस्ता खालका बेथितीहरू आफ्ना कार्यकालमा धेरै भएका छन्, एकपटक सम्झनुहोला ।’ उहाँले शिक्षक, कर्मचारीलगायतलाई पनि प्रतिपक्षी दल नेता प्रचण्डले उक्साउने काम गरेको तथ्यसमेत राख्नुभयो ।
‘केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता ?, तपाईंको मुटुमै गोली लागेजस्तो किन भएको छ ?,’ प्रचण्डप्रति लक्ष्य गर्दै उनले भने, ‘यो त मुटुमै गोली लागेकोजस्तो भएको छ के उहाँलाई ।’
यो कुरा प्रधान सेनापति वा मुख्य सचिव हटाएजस्तो नभएको पनि एमाले सचिव भट्टराईले प्रष्ट पार्नुभयो । ‘प्रधान सेनापति हटाएजस्तो र मुख्य सचिवलाई जगेडामा लगेर राखेजस्तो कुरा त होइन त्यो,’ भट्टराईले भन्नुभयो, ‘यस्ता खालका बेथितीहरू आफ्ना कार्यकालमा धेरै भएका छन्, एकपटक सम्झनुहोला ।’ उहाँले शिक्षक, कर्मचारीलगायतलाई पनि प्रतिपक्षी दल नेता प्रचण्डले उक्साउने काम गरेको तथ्यसमेत राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्