जनता टाइम्स

२४ बैशाख २०८२, बुधबार ०८:२५

मध्यराती सौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते, राती नै अस्पताल भर्ना


काठमाडौं, बैशाख २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सौचालयमा लडेर घाइते भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

अध्यक्ष दाहाललाई गएराती सवा १२ बजेतिर मेडिसिटी अस्पताल भर्ना गरिएको हो । चिकित्सकका अनुसार हाल दाहालको अवस्था सामान्य रहेको छ ।

घरमै लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताएअनुसार बाथरुम जाँदाखेरि अल्झिएर लडनुभएको हो ।

उहाँको टाउकोमा चोट लागेको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दाहालको टाउकोमा तीन टाका लगाइएको छ।

उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । वार्डमा राखेर उपचारपछि दाहाल निवास फर्कनुभएको छोरी गंगा दाहालले जानकारी दीनुभयो ।

‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद,’ गंगाले भन्नुभएको छ ।