काठमाडौं, २५ वैशाख । कक्षा १२ को परीक्षा चलिरहेका बेला बिहीबार प्रश्नपत्र आउट भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँको बानेश्वरस्थित एम्बिसन कलेजका दुई जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिनुभएको छ । ‘प्रश्नपत्र पहिले नै पाए कि भन्ने आशंकामा पक्राउ गरिएको हो,’ उहाले भन्नुभयो ’थप अनुसन्धान पछि खुल्नेछ।’
प्रतिक्रिया दिनुहोस्