काठमाडौं, बैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिनुभएको बताउनुभएको छ ।
२५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी कुरा बुद्धले दिनुभएका अमूल्य उपहार भएको बताउनुभएको छ ।
‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।
बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने उहाँले उल्लेख गर्नुभएको छ । ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्’, ओलीको शुभेच्छा छ ।
ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गर्नुभएको छ । ‘सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्, बुद्ध जयन्तीको हार्दिक शुभकामना, सबको जय होस्, सबलाई सुख होस्’, उहाँले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्