जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १०:४९

तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं, १ वैशाख । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो । यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।