जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १७:००

हिरासतमै पठाइए बलात्कारका आरोपी महरा


काठमाडौं, कात्तिक १७ । संसद सचिवालयमा कार्यरत कर्मचारी रोहनी शाहीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमै पठाइएको छ । काठमाडौं जिल्ला अदालतमा आजको थुनछेक बहश नसकिएपछि बलात्कार आरोपी सोमबार अदालतमा उपस्थित हुने गरी हिरासतमै पठाइएको हो ।

प्रहरकिो अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वलिकको कार्यालयले महराले जवरजस्ती करणी उद्योग गरेको निश्कर्षसहित अदालतमा अभियोगपत्र दायर गरेपछि शुक्रवार अदालतको बन्द इजलाशमा महराको बयान लिइएको थियो । आजको थुनछेक बहस पनि नसकिएपछि महरा हिरासतमै रहनुपरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज सरकारी वकिलको बहस सकिएको छ ।

महराका निजी कानुन व्यवसायीले सोमबार बहस गरेपछि मात्र अदालतले महराको मुद्दामा फैसला गर्नेछ । दुवै पक्षको बहशपछि पुपक्षका लागि थुनामा पठाउने अथवा धरौटीमा तारिखमा राख्ने वा साधारण तारेखमा राख्ने भन्ने विषयको टुंगो लाग्नेछ । महराले आरोपबाट मुक्ति पाउन सकेसम्मका सवै कानूनी दाउपेज प्रयोग गर्नुभएको छ भने बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीलाई समेत आफ्नो पक्षमा उभ्याउन सफल हुनुभएको छ । तर सरकारी वकिलले भने घटना घटेको दिन महराको उपस्थिति रहेको र दुवै जनाबीच त्यसदिन भएको म्इासेजबाट बलात्कारको कसुर गरेको प्रमाणित हुने बताएका छन ।