जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार ०९:२८

सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल


दाङ, जेठ ७। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने ठोकुवा गर्नुभएको छ ।

प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताउनु भयो।

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर सरकार संचालन गरेको पोखरेलको भनाई छ ।

´दुइ दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन,’ महासचिव पोखरेलले भन्नुभयो,´असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन् ।` सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एकदलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताउनु भयो ।