जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार १९:२६

आइजीपी दिपक थापाको स्रहानीय काम, सडकमा पीडाले छटपटाएकी महिलाको सुरक्षित प्रसूति गराउने प्रहरी जवानलाई गरे पुरस्कृत 


काठमाडौं, जेठ ७ । कैलालीमा सडकमा प्रसव पीडाले छटपटाइरहेकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत हुनुभएको छ ।

प्रहरी प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापाले उत्कृष्ट मानवीय कार्य गरी संगठनको छवि उचो बनाएको भन्दै देउवालाई पुरस्कृत गर्नुभएको हो । आइजीपी थापाको निर्णयलगत्तै कैलालीका एसपी बालनरसिंह राणा प्रहरी जवान देउवालाई नगद सहित पुरस्कृत गर्नुभएको छ ।

प्रसूति गराउने कुनै ज्ञान नहुँदा नहुँदै पनि सडकमा प्रसव पीडामा छटपटाई रहेकी सुत्केरीलाई उच्च साहसका साथ सहयोग गरेको भन्दै राणाले देउवाको प्रशंसा गर्नुभयो । एम्बुलेन्स, डाक्टर, नर्स आउन समय लाग्ने अवस्थामा देउवाले उच्च मनोबलका साथ काम गरेको उहाँले बताउनुभयो ।

देउवाले अनुभवी स्वास्थ्यकर्मीले जस्तै गरी हिम्मतका साथ सुत्केरी गराएर आमा र बच्चा दुवैको ज्यान बचाउन सफल हुनुभएको बताउँदै राणाले यसले प्रहरीको प्रहरीको गौरव बढाएको राणाले बताउनुभयो । उत्कृष्ट काम गर्ने जुनसुकै प्रहरी होस्, ऊ पुरस्कृत हुने उहाँले स्पष्ट पार्नुभयो ।

मंगलबार कैलालीको गोदावरी नगरपालिका– १ चैतन्यपुरको सडकमा प्रसव पीडाले छटपटिएकी महिलालाई अस्थायी प्रहरी बिट खैराना कैलालीमा कार्यरत प्रहरी जवान देउवाले एउटा घरमा लगेर सुत्केरी गराउनुभएको थियो  ।