जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार ११:२६

पदमा छँदै अर्काे नियुक्ति लिन सचिवहरुको दौडधुप, कार्यालय समयमै नेताको दैलोमा लर्काे


काठमाडौं, जेठ ९ । निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरुले राष्ट्रिय सभाका अध्यक्षसँग भेट गर्नुभएको छ ।

मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटनुभएको हो । सचिवहरुले राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको व्यवस्थाप्रति आफूहरुको चासो रहेको र त्यो व्यवस्था हटाउनुपर्ने माग गरेका छन ।

उनीहरुले अरु क्षेत्रका मानिसहरुलाई त्यस्तो बन्देजात्मक व्यवस्था नभएको अवस्थामा निजामती कर्मचारीहरुलाई मात्रै कुलिङ पिरियडको व्यवस्था राख्न नहुने तर्क गरेका हुन् । सचिवहरु पदमा बहहाल रहँदै अर्काे नियुक्ति लिएर राज्यकोषमा लगातार दोहन गर्न पाउनुपर्ने अडानमा रहेका छन ।

पदमा छँदै अर्काे नियुक्ति लिएर राज्यकोष दोहन गर्न पाउनुपर्छ भन्दै मुख्यसचिव र सचिवहरुले दौडधुप तीब्र पारेका छन । सचिवहरु यतिबेला ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनु पर्ने भन्दै कार्यालयको काम नै छाडेर नेताको घरदैलो गरिरहेका हुन ।