काठमाडौं, जेठ १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताउनु भएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनु भएको हो । उहाँले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको तथ्य पनि औल्याउनु भयो ।
नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको अध्यक्ष ढकालको भनाई छ । उहाँदे नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको जानकारीसमेत दिनुभयो ।
‘हामी भारत र नेपालको बीचमा छौँ । प्राकृतिक र धार्मिक हिसाबले धनि पनि छौँ । हामी सगरमाथाको देश, गौतमबुद्धको जन्मस्थल भएको देश, पशुपतिनाथको देश, मुक्तिनाथको देश भनेर चिनिने गरेका छौं । प्रकृतिको हिसाबाट पनि हामी क्यापिटलाइज गन सक्छौँ । तर जुन हिसाबले हामीले क्यापिटलाइज हुनुपर्ने हो त्यसो हुन सकेको छैन,’ अध्यक्ष ढकालले भन्नुभयो ।
सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको जानकारी दिँदै ढकालले अहिले बिस्तारै हामी आफैँ पनि सात वटा प्रदेश सात वटा पर्यटन पूर्वाधार निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्