जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ११:०६

सुनको मूल्य सामान्य घट्यो


काठमाडौं, १२ जेठ ।  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो। जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो।