काठमाडौं, जेठ १२। काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृतसमक्ष स्पष्टीकरण बुझाउनु भएको छ ।
सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष पाण्डेले स्पष्टीकरण बुझाउनु भएको हो । स्पष्टिकरणमा पाण्डेले कानून बमोजिम नै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गर्नबाट रोकेको जवाफ दिनुभएको छ ।
‘उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ । स्पष्टीकरणमा कानुनबमोजिम सो कार्य गरेको उल्लेख गर्नुभएको छ । म विस्तृत हेरेर कानुन व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्छु,’ गुरागाईंले भन्नुभयो ।
गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक लगाएको थियो । सोही दिनको घटनालाई लिए गुरागाईंले जेठ जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो । जवाफमा पाण्डेले कानून बमोजिम रोकेको भन्दै स्पष्टिकरण बुझाउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्