जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार २१:४२

एमाले गणतन्त्रको रक्षाका लागि सबै मोर्चामा दृढतापूर्वक उभिन्छ : शंकर पोखरेल


काठमाडौं, १२ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको रक्षा एमालेको दायित्व भएको बताउनुभएको छ ।

पोखरेलले गणतन्त्रको रक्षाका लागि एमालेका सबै मोर्चा दृढतापूर्वक उभिने स्पष्ट पार्नुभएको छ । अरूले के गर्छन् भन्ने कुरामा एमालेलाई त्यति धेरै चासो नभए पनि नेकपा एमाले भने यसमा प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ ।

पोखरेलले गणतन्त्रको रक्षाका लागि एमाले सबै  मोर्चामा दृढतापूर्वक उभिने बताउनुभएको छ । ‘अरू के गर्दछन् उनीहरूको कुरा हो, तर नेकपा एमाले गणतन्त्रवादी भएकोले त्यसको रक्षाका लागि सबै मोर्चामा दृढतापूर्वक उभिन्छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।