काठमाडौं, १३ जेठ । प्रतिपक्षीको अवरोधका कारण रोएको प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।
गृह मन्त्रीको राजीनामा माग्दै विपक्षी दलले मंगलबारको बैठकमा नाराबाजी गरेपछि सभामुखल बैठक स्थगित गर्नुभएको थियो । प्रतिपक्षीले अवरोध गरेपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक त्यस पछि सुरु नै हुन नसकेपछि भोलिसम्मको लागि सारिएको छ । बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उहाँले राजीनामा नदिएसम्म बैठक चल्न नदिने प्रतिपक्षी दलका सांसदहरूको अडान रहेको छ ।
विपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेर प्रमुख राजनीतिक दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि आजको बैठक स्थगित भएको हो ।
कानुनतः ः सरकारले जेठ १५ गते बजेट तथा कार्यक्रम ल्याउनु पर्दछ । बजेट सार्वजनिक गर्ने बेला नजिकिँदै गर्दा प्रतिपक्षीले संसद् अवरुद्ध गरेर सरकारलाई अप्ठेरोमा पर्ने प्रयास सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्