जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार १६:०६

जेठ १५ को उत्सव कसैको विरोध होइन, जनताको उपलब्धिको खुसियाली साटासाट हो : एमाले महासचिव


काठमाडौं, जेठ १४। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गणतन्त्र जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन जेठ १५ मा उत्सव मनाउन थालिएको बताउनु भएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा प्रेस चौतारी नेपालले आज गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गणतन्त्रलाई उत्सवको रुपमा हुँदैछ भन्ने थालनी आफूहरुले भोलिको गणतन्त्त उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताउनु भयो ।

‘संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्वराजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौं । त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रुपमा हाम्रो पार्टीले महसुस गर्यौं र त्यसैअनुरुप हाम्रो पार्टीले जेठ १५ गतेलाई गणतन्त्र उत्सवमा मनाउने निर्माण गरेर तयारीमा जुटेका छौं,’ एमाले महासचिव पोखरेलले भन्नुभयो । महासचिव पोखरेलले साँस्कृतिक झाँकीसहित जेठ १५ लाई उत्सवको रुपमा दिवस मनाइने जानकारी पनि दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो देश भाषिक जातिय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाइ जनउत्सवको रुपमा मनाउने भएकोले त्यो विविधितालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौं,’ पोखरेलले भन्न्ुभया, ‘हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेगा सांस्कृतिक भेषभुषा, बाजाजागा, सांस्कृतिक झाँकीसहित हुनेछ । यसले एउटा विशिष्ट छाप छाडने छ ।’

महासचिव पोखरेलले मुलुकको सवै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले अवको आफूहरुको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरि बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताउनुभयो ।

‘जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापिति गर्ने काम गर्ने गरयौ । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ भन्ने । कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रुपमा आयोजना गर्न थालेका हौ ।’

उहाँले एमाले मात्र होइन सवै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रुपमा मनाउन हातेमालो गर्न पनि सवैलाई अपिल गर्नुभयो ।