जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार ०७:०८

एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन


काठमाडौं, १५ जेठ ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ।

उहाँको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्। विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो।

विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित हुनुहुन्थ्याे ।