केपी शर्मा ओली
यति बेला हामी समिट समिट शिखर आरोहीहरूको शिखर सम्मेलनमा सहभागी भइरहेका छौँ । यस अवसरमा हामी यस क्षेत्रका समस्याहरूको पनि चर्चा गरिरहेका छौँ । यस क्षेत्रको विगत र वर्तमानको समीक्षा गरिरहेका छौँ र भविष्यका बारेमा पनि छलफल गरिराखेका छौँ । यस क्षेत्रको भविष्य कसरी सुरक्षित, सुन्दर र उन्नत बनाउन सक्छौँ, त्यसमा छलफल गरिरहेका छौँ ।
अहिले सगरमाथा क्षेत्रमा पोहोर मैलाको समस्या र त्यसलाई सफा गर्नुपर्ने समस्या । दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौँ । तर पनि त्यो सफा भइसकेको छैन । अझै पनि हामीले अभियानको रूपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनु पर्नेछ । त्यसमा केही नीति नियम बनाउनु पर्नेछ । जसले लिएर जान्छ, उसले कुनै पनि फोहोर त्यहाँ गर्न पाउँदैन र जे लिएर गएको हुन्छ, त्यो चिज यदि बिस्कुट बुझाउन ल्याउनु पर्छ बेसक्याम्पमा । यस प्रकारका नियम नराख्ने हो भने अर्को आरोही त्यही फोहोर मात्रै सफा गर्नका लागि जानुपर्ने हुन्छ । एकनाले फ्याँकेको फोहोर सफा गर्ने अर्को दुई जना चाहिन्छ । त्यसो भएर फोहोर सफाइको पनि बन्दोबस्त गर्ने हो कि ?
अहिले हामी ऐन र नियमको पनि संशोधन गर्दै छौँ। यसमा विभिन्न पक्षहरूको बारेमा छलफल गर्नेछौँ । त्यहाँ भइरहेको क्राउडका बारेमा, अघि भिडियोमा पनि हेर्यौँ, कति क्राउड देखिन्छ भन्ने कुरा । सगरमाथा अहिले पहिलेको जस्तो छैन, तेन्जिङ नोर्गे र हिलारी चढेको छैन । अहिले थुप्रै मानिसहरू चढेर बाटो बनाइसकेको छ, डोरी टाँगिसकेको छ । यस्ता थुप्रै कुराहरू भइसकेका छन्, त्यस कारण सजिलो भइसकेको छ ।
पहिलेजस्तो गाह्रो होइन । पहिले धेरै गाह्रो थियो । अहिले जो पनि चढुँला जस्तो र धेरै अभ्यास नै नगरीकन एकैचोटी सगरमाथा जाउला जस्तो गर्छ मान्छे, किनभने चढाइदिने शेर्पा छँदै छ, माथि पुर्याइ दिहाल्छ भन्ने मान्छे ढुक्क छ । त्यो पनि एउटा हो । सोलु, सगरमाथा र शेर्पा तीन वटासँग गज्जब छ नि । सोलुमा सगरमाथा छ, सगरमाथा हिमाललाई शेर्पाले चिनेको छ, चढाइ हाल्छन् भन्ने, जो पनि जान खोज्छन् । त्यति हल्का पनि अलिकति बनाउन भएन जस्तो लाग्छ ।
द एमेन्डमेन्ट अफ ल इज रजिष्ट्रर्ड इन द नेशनल एसेम्बली अर अपर हाउस अफ द पार्लियामेन्ट । एण्ड र द रुल इज गोइङ द एमेन्डमेन्ट । इट इज अलरेडी इन द क्याबिनेट । सो, बि आर डिस्कसिङ एबाउट द एमेन्डमेन्ट अफ दिस् रुल्स एण्ड रेगुलेशन । हाउ बि क्यान इम्प्रुभ द सिचुएशन इन सगरमाथा, इन माउण्ट एभरेष्ट । हाउ बि क्यान मेक सगरमाथा क्लिनर एण्ड इजियर एण्ड भेरी सेफ टु… ।
त्यसो भएर, केही गर्नुपर्ने कुराहरू छ भने नेपाल माउण्टेनियरिङ एसोसिएसन छँदै छ, पर्यटन बोर्ड छँदै छ । त्यस कारण यी संस्थाहरू मार्फत सरकारलाई ठोस रूपमा सुझाव दिने उपयुक्त बेला भएको छ । किनभने ऐन र नियम संशोधन हुनका लागि प्रस्तावित भएका छन् ।
सरकारलाई यसमा धेरै केही लिइदिनु छैन, यसमा राम्रो गर्नु मात्रै छ । अर्को कुनै स्वार्थ छैन । त्यस कारण राम्रो गर्नका लागि म यहाँहरूसँग सुझावहरू आमन्त्रण गर्न चाहन्छु र सुझावहरू दिनुस् । हामी राम्रो गर्नका लागि त्यसलाई संशोधन गर्छौ ।
आरोहीहरूका अनुभवहरू पनि हामीले सुन्यौँ, सहभागीहरूका छलफल पनि सुन्यौँ, नेतृत्वका अभिव्यक्ति पनि हामीले सुन्यौँ र भिडियो पनि हेर्यौँ। सगरमाथाको अवस्था सुन्यौँ, अनुभव पनि सुन्यौँ । अवस्था भिडियोमा हेर्यौँ । त्यस कारण हामीले केही त गर्न पर्छ । तसर्थ, हामी यसका निम्ति सबैका प्रयासहरूलाई एक ठाउँमा ल्याऊ भन्ने मेरो आग्रह छ ।
मलाई खुसी लाग्छ, आठ हजार मिटरभन्दा माथि आरोहण गर्ने मौरिस हर्जोगलाई नेपाल एम्बेसी पेरिसमा भेटेर उहाँलाई सम्मान गर्ने मौका पाएको थिएँ । आइ मेट हिम, आइ फर्गेट द डेट बट आइ मेट हिम एण्ड अवार्डेड हिम फर हिज भेरी हिस्टोरीकल वर्क, मिस्टर मौरिस हर्जोग एण्ड हिज वाइफ ।
फ्रेन्च साथीहरूमा पनि अरूतिर जस्तै हिमाल चढेका साथीहरू र हिमाल आएका, देखेका साथीहरूमा नेपालप्रतिको ज्यादै गहिरो भावना छ । जो पहिलो सगरमाथा आरोही हुनुहुन्थ्यो, जसले अलिक पछि नै चढ्नु भयो, १९७८ मा सगरमाथा आरोहण गर्नुभएको थियो । फस्ट फ्रेन्च सिटिजन हु क्लाइम्ब द माउण्ट एभरेष्ट अर सगरमाथा बाज पिरमाजो, आइ गट अपरच्युनिटी टु मिट हिम एण्ड एक्सचेन्ज ओपिनियन विथ हिम । द्याट बाज गुट अपरच्युनिटी फर मि ।
मैले अरू साथीहरूलाई पनि भेट्ने मौका पाएको छु । क्लाइमरहरुसँग, सफल क्लाइमरहरुसँग कामीरितादेखि लिएर अरू थुप्रै साथीहरूसँग मैले भेट्ने र सम्मान गर्ने मौका पाएको छु । मलाई खुसी लागेको छ । सफलताका कथाहरू जोडिँदै जाउन् । प्रिय प्रिय कुराहरू सुनिँदै जाउन् । अप्रिय कुराहरूको स्थिति नआओस् भन्ने कुरा हामी सोच्छौँ र सगरमाथा आरोहणले ७२ वर्ष पूरा गरेको छ । यो आगामी दिनमा अझ धेरै वर्षहरू बढ्दै जानेछन्, सफलताहरू बढ्दै जानेछन् । अवस्था, वातावरण र परिस्थितिलाई पनि हामीले अनुकूल त्यसै गरी बनाउँदै जानुपर्नेछ । यस काममा हामी सबैको साथ सहयोग आवश्यक छ । नेपाल सरकार यसप्रति कदम चाल्नका लागि प्रतिबद्ध छ ।
म यहाँहरू सबैलाई फेरि एक पटक धन्यवाद भन्न चाहन्छु, जो सम्मानित कुहुनुभएको छ, उहाँहरूलाई बधाई र शुभकामना भन्न चाहन्छु र जो सम्मानित हुनुभएको छैन, उहाँहरू धेरैलाई एकैचोटी सम्मान गर्न नसकिने भएको हुनाले, कोही ३० पटक चढिसकेँ, ३१ पटक चढ्नेलाई त सम्मान गर्न गाह्रो भयो नि । त्यसो भएर सम्मान गर्नु पर्ने ३० पटक चढ्नेलाई होइन र ? १० पटक चढ्ने होइन र ? ५ पटक चढ्ने होइन र ? ३ पटक चढ्ने होइन र ? अवश्य हो नि । अब ३१ पटक चढेपछि अरू तलकाले सम्मान पाउने त अलिक गाह्रो भयो, कठिन कुरा हुने भयो । त्यसो भएर अलिकति थोरै साथीहरूले मात्रै सम्मान पाउनुभएको हुनसक्छ भन्ने मलाई लाग्छ । थुप्रै साथीहरूले सम्मानयोग्य काम गर्नुभएको छ । धेरै नयाँ नयाँ कीर्तिमानहरू कायम गर्नुभएको छ ।
एउटा चेलीले एकै सिजनमा आउँदै जाँदै गरेर तीन पटक सगरमाथा केही समयभित्र सफलतापूर्वक आरोहण गर्नुभएको छ । त्यस्ता कीर्तिमानहरू छन् । छोटो समयमा सगरमाथा आरोहण गर्नुभएको छ । बिना अक्सिजन सगरमाथा आरोहण गर्नुभएको छ, त्यो दुनियाँका निम्ति आश्चर्यका कुरा हुन् । तर हामी केही केही कुराहरूमा होसियार पनि हुनु पर्दछ ।
अहिले केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा मैले सुनेको छु कि विभिन्न खालका कुराहरू डोपिङजस्तै केही औषधि खाएर चढ्यो । त्यस्तो हो भने त्यो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु । त्यस्तो हुँदैन, सगरमाथासँग पनि बेइमानी ? यो त भएन । त्यसो भएर त्यस्ता कुराहरू यदि भयो भने त्यसलाई रोक्नुपर्छ र हामीले त्यस्ता कुराहरूमा ख्याल पनि गर्नुपर्छ ।
समिट समिटमा तपाईँहरूको यो उत्साहलाई, थकाइ नलागीकन अन्टायर्ड जस्तो निरन्तरको प्रयास र सहभागितालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सबैमा शुभ रहोस् । यो सफल भएको छ । सफलताको कीर्तिमानलाई अगाडि बढाउनु पर्छ । यसलाई अझ बढी अन्तर्राष्ट्रियकरण पनि गर्दै जानुपर्छ र यसमा आकर्षण पनि बढोस् तर भिडतन्त्रमा पनि नजाओस् । सगरमाथालाई धेरै सस्तो चिज बनाउनभन्दा अलिकति त्यसको वेट राख्ने तरिका पनि अवलम्बन गर्नु पर्छ भन्ने लाग्छ ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठ, २०८२ मा ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा व्यक्त गर्नुभएको मन्तव्यमा आधारित स्वकीय सचिवालयबाट तयार गरिएको पूर्ण पाठ )













प्रतिक्रिया दिनुहोस्