काठमाडौं, जेठ १६ । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन ।
गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्ने निर्णय लिनुभएको हो । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ ।
यसरी डिआइजीमा बढुवा हुनेहरूमा एसएसपी सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्