काठमाडौं, जेठ १७ । गृह मन्त्रालयले नेपाल प्रहरीका जनपद समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
गृहमन्त्री रमेश लेखकले शुक्रवार २८ जना एसएसपीको सरुवा गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयपछि शुक्रवार राती नै प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको छ ।
सरुवा भएका सबै अधिकारीहरूलाई तिनको नयाँ कार्यक्षेत्रमा यथाशीघ्र कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।
प्रतिक्रिया दिनुहोस्