विराटनगर, १७ जेठ । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको प्रहरी उपरीक्षक राजन लिम्बु बताउनुभयो ।
बाढीले धुलाबारीनजिकको कल्भर्टको ड्राइभर्सन बगाएको छ । सो स्थानमा अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ ।बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्याएको छ ।प्रहरी उपरीक्षक लिम्बुका कारण निकास नहुँदा निर्माणाधीन सडकको डाइभर्सनमा पानी जमेका कारण यातायातमा समस्या भएको हो । ‘पुल कल्भट निर्माणका लागि डाइभर्सन बनाइएको छ’, उहाँले भन्नुभयो ‘सडक छेउमा माटो पुरेर बनाइएका डाइभर्सनमा केही समस्या आएको हो ।’
उहाँका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो । नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उहाँले बताउनुभयो । उहाँका अनुसार केही घरमा बाढीको पानी पसेको हो । मनसुन भित्रिएको एक दिनपछि वर्षासँगै आएको बाढीका कारण कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्