जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १३:४५

प्रचण्डको खुलासा : राजावादीले आन्दोलनमा भाडाका मान्छे ल्याए


काठमाडौं, जेठ १७। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले राजावादीले आन्दोलनमा भाडाको मान्छे ल्याएको बताउनु भएको छ । जेठ १५ गते राजावादी आन्दोलनमा सहभागीहरु भाडामा ल्याइएको मानिस भएको प्रचण्डको भनाई छ ।

शनिवार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी पनि दिनुभयो । उहाँले सदनमा संविधान अनुसार सपथ खाएर संविधानिवरुद्ध नजान चेतावनी दिनुभएको हो ।

प्रचण्डले सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि बेठीक भएको समेत बताउनुभयो । उहाँले नेपाल धेरै अघि बढिसकेको र भाडामा मान्छे ल्याएर कहिलेकाही जुलुस गर्ने कुरा सामान्य भएको बताउनुयभो ।

राजावादीहरुले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरुलाई भएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थिति र विरोधका कारणहरूलाई लिएर स्पष्ट मत भएको व्यक्त गर्नुभएको छ । आन्दोलनलाई केवल राजा सम्बन्धी नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिको रूपमा हेरिनु पर्ने उहाँको भनाइ छ ,