काठमाडौं, १८ जेठ । राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ पर्नुभएको छ।
काठमाडौंको नारायण चौर नक्सालमा आइतबार भएको प्रदर्शनबाट थापा पक्राउ पर्नुभएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि थापा पक्राउ पर्नुभएको हो ।
राजसंस्था पुनःस्थापनाका लागि भन्दै राजावादीले बिहीबारदेखि राजधानी केन्द्रित प्रदर्शन गरिरहेका छन् । शनिबार दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइएपछि राजावादी समूह रत्नपार्कबाट बालुवाटारतर्फ लागेको थियो ।
आइतबार नारायण चौरमा भेला भएका प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा लागेका थिए ।
प्रतिक्रिया दिनुहोस्