काठमाडौं, १८ जेठ । कुनै बेला विकासमा पछि परेको मधेस प्रदेशको विकासले एक पछि अर्को फड्को मार्दै छ ।
मधेस प्रदेशले अन्य विकाससँग सडक क्षेत्रको विकासमा एकैचोटी ठुलो फड्को मार्न लागेको छ । मधेस प्रदेशमा एकैपटक ६४ वटा सडक बन्ने भएका छन् । ती सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जनकपुरबाट उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको एक निर्वाचन क्षेत्र ः एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको हो । ती सडक निर्माण पछि मधेसमा सडक सञ्जालको क्षेत्रमा नयाँ आयाम थपिने भएको छ ।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ती शिलान्यास गर्नुभएको हो । शिलान्यास भएसँगै ती सबै सडक पिचकाे प्रक्रियामा अघि बढ्ने छन् ।
प्रतिक्रिया दिनुहोस्