काठमाडौं, १८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा विकासले सही गति समातेको बताउनुभएको छ ।
पोखरेलले मदेश प्रदेशको विकासले गति लिएको भन्दै मधेस प्रदेश सरकारलाई बधाई दिनुभएको छ । मधेस प्रदेशमा आज एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको एकैसाथ शिलान्यास गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जनकपुरमा आयोजित कार्यक्रममा ती सडकको शिलान्यास गर्नुभएको छ । ती योजनालाई मधेस प्रदेश सरकारले गौरवका योजनाको रूपमा लिएको छ ।
‘आज एकसाथ ६४ वटा निर्वाचन क्षेत्रस्तरीय सडक शिलान्यास हुनु मधेसले विकासको सही दिशा समातेको सन्देश हो, बधाई छ मधेस सरकालाई’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्