काठमाडौं, १९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण गरेर स्वदेश फर्कनु भएको छ ।
जेठ १० गतेदेखि चीन भ्रमणमा रहनुभएकी भण्डारी आज स्वदेश फर्कनुभएको हो । चीन भ्रमणको क्रममा उहाँले चिनियाँ उच्च अधिकारीहरूसँग भेट गर्नुभएको थियो । चीनमा उहाँलाई उच्च राजनीतिक सम्मान दिइएको थियो ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै उहाँले पत्रकारसँगको संक्षिप्त प्रतिक्रियामा आफ्नो चीन भ्रमण राम्रो भएको बताउनुभयो । ‘मेरो चीन भ्रमण अत्यन्त राम्रो रह्यो’, उहाँले भन्नुभयो ।
१० दिने चीन भ्रमणका क्रममा उहाँले चिनियाँ उपराष्ट्रपति हान चेङबी, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गर्नुभएको थियो । यो निक्कै उच्चस्तरीय भेटघाट हो ।
भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्