काठमाडौं, १९ जेठ । वैदेशिक रोजगारीमा पठाइ दिन्छु भन्दै ठगी गर्नै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइ दिन्छु भन्दै ठगी गर्ने ३४ वर्षीया मेनुका पुडासैनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया लैजाने भन्दै पुडासैनी सम्पर्क विहीन भएकी थिइन्।
उनलाई आज ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्