काठमाडौं, जेठ १९ । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामालाई बटमलाइन बनाएको छ ।
मानव तस्करीमा संलग्न रहेको आरोप लागेकोले गृहमन्त्रीको राजीनामा अनिवार्य आउनु पर्ने बटमलाइन बैठकमा अमाओवादी अधयक्ष पुष्पकमल दाहाल प्चण्डले सुनाउनु भएको हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा भएको छलफलमा माओवादी कडा रुपमा प्रस्तुत भएको हो ।
सोही अडानका कारण बैठकमा संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेन । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले संसदमा उठाउँदै आएको भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाको मागलाई यथावत राखेको र राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेको बताउनु भयो ।
‘सुशासनलाई केन्द्रित गरेर हामीले आफ्नो विषयवस्तु राखेका छौं । हामीले जो विषयवस्तु राखेका छौं, त्यो यथावत नै छ । सदनमा राखेको विषय त्यही हो । भिजिट भिसा, त्यहाँ जसरी गडबड भएको छ, गृहमन्त्रीले हल गर्न, अनुसन्धान गर्न मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने हो । मार्गप्रशस्त भनेको राजीनामा नै हो,’ पाण्डेले भन्नुभयो ।
माओवादी अध्यक्ष दाहालको भनाईको कांग्रेस सभापति शेरबहादुर देउवाले कडा प्रतिवाद गर्नुभएको थियो । तपाई नचाहिदो कुरा गर्ने भन्दै देउवाले आफू पनि चुप नबस्ने भन्दै प्रतिवाद गर्नुभएको स्रोतले बतायो । बैठकमा गृहमन्त्री लेखकले पनि प्रचण्डको आरोपमा प्रतिवाद गर्दै आफू संलग्न नरहेको बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्