जनता टाइम्स

२२ जेष्ठ २०८२, बिहीबार १०:०१

अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेशपछि माओवादीमा खैलाबैला


कैलाली, २२ जेठ । सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ ।

सर्वोच्चले आफ्नो पार्टीका उपाध्यक्ष सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । अहिले बिहान पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक जारी छ । बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको छ ।