काठमाडौं, जेठ २२ । नेकपा एकीकृत समाजवादीका नेता तथा बरिष्ठ अधिबक्ता शम्भु थापाले आफ्नो पार्टी अध्यक्षबिरुद्ध अख्तियारले मुद्दा दायर गरेको आक्रोश पत्रकारमाथि पोख्नुभएको छ ।
बरिष्ठ अधिबक्ता थापाले समाचार संकलनका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेका पत्रकारमाथि भिडियो खिच्न नदिएर क्यामपरा तोडफोडको प्रयाशसमेत गर्नुभएको छ । थापाले पत्रकार उमेश कार्कीको क्यामरामा झ्म्मै हानेर पत्रकारलाई नखिच्च आदेश दिनुभएको थियो ।
माधव नेपालका खास मानिनु हुने थापा केन्द्रीय कार्यालयमा पत्रकार देख्नसाथ एकाएक आक्रोशमा आउनु भएको थियो । अनुमति नलिइ किन खिचेको भन्दै उहाँले सुरुमै आक्रमण गर्नुभएको हो । यो घटनाले माधवबिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि थापा बिक्षिप्त हुनुभएको देखाएको छ । उहाँको हाउभाउ पनि यस्तै रहेको पत्रकारहरुले अनुभुति गरेका छन ।
यसैबीच प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले बरिष्ठ अधिबक्ता तथा नेकपा एसका नेता थापाले पत्रकारमाथि गरेको दुब्र्यवहार आपत्तिजनक र निन्दनीय भन्दै माफी माग्न बाध्य बनाउनु पर्ने बताउनु भएको छ । सो घटनालगत्तै प्रेस चौतारीका निवर्तमान अध्यक्ष बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
‘पूर्वप्रधानमन्त्री एवं नेकपा उकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेपछि प्रतिक्रिया लिन सो पार्टीको केन्द्रीय कार्यालय पुगेका पत्रकारमाथि बरिष्ठ अधिबक्ता एवं सो पार्टीका नेता शम्भु थापाले गरेको दूर्ब्यवहार आपत्तिजनक र निन्दनीय छ,’ बस्नेतले भन्नुभएको छ, ‘प्रेस स्वतन्त्रताको दुहाई दिन नथाक्ने बरिष्ठ अधिबक्ता थापाबाटै आफ्नो नेताको बिरुद्ध भ्रष्टाचारमा मुद्दा दायर भएपछि आवेग र आक्रोशमा आएर पत्रकारको क्यामरा तोडफोडमा उत्रनु र सार्वजनिक स्थलमा पत्रकारमाथि दुर्ब्यवहार गर्ने कार्यको सवैले डटेर प्रतिवाद गरौं । थापालाई सार्वजनिक रुपमा माफी मगाएर अव फेरि पत्रकारमाथि आक्रमण नगर्ने सवक सिकाऔं ।’
प्रतिक्रिया दिनुहोस्