विराटनगर, २३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूको गठबन्धनका नाममा महिलाहरूको प्रतिनिधित्व घटेको बताउनुभएको छ। विराटनगरमा आजबाट शुरु भएको उप प्रमुखहरूको राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले ध्यान दिनु पर्ने सुझाव दिनुभयो ।
उहाँले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानु पर्ने बताइन्। कार्यक्रममा बोल्दै भण्डारीले महिला जनप्रतिनिधिहरूले भोग्ने गरेको समस्याको बारेमा थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो महिलाहरूको प्रतिनिधित्वले शक्ति विकेन्द्रीकरणको पूर्ण अभ्यास भएको छ । यसले स्थानीय तहको विकास हुन्छ । उहँले महिलाहरूले स्थानीय तहमा पाएको भूमिकाले सशक्तीकरण बढाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘महिला जनप्रतिनिधि सफल हुँदा स्थानीय तहहरू नै सफल हुने छ । संविधानले उप प्रमुखहरूलाई पूर्णकालिन कार्यकारीको अधिकार प्रदान गरेको छ।’
उहाँले मुलुकमा सुशासन र उत्तरदायित्वको खोजी भईरहेको भन्दै यो कार्य पुरा गर्न महिला जनप्रतिनिधिहरूले भूमिका खेल्नु पर्ने बताउनुभयो । भण्डारीले अहिलेको संविधानले महिलाको सहभागिता मात्रै हरेक तहमा नगराएर नेतृत्व को विकास समेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्