जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार १२:४४

अनेरास्ववियु महाधिवेशनमा लफडा, अध्यक्षमा कडरियासहित पदाधिकारीको नाम प्रस्तावलगत्तै नाराबाजी


काठमाडौं, जेठ २७ । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले हलमै नाराबाजी गरेका छन् ।

कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । त्यसमध्ये डा. कडरियाको नाम प्रस्ताव गरिएको हो । अध्यक्ष मण्डलले प्रस्ताव गरेको सो नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् । अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राख्नुभएको छ ।

आकांक्षीहरुबीच सहमतिको प्रयास सफल नभएपछि अध्यक्ष मण्डलले हलमा नाम प्रस्ताव गरेका थिए । प्रस्ताव अनुसार कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटी उपाध्यक्ष, महासचिव दीपक धामी र उमहासचिवमा आरतीलाई  प्रस्ताव गरिएको छ । यति प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी भयो । र प्रस्ताव गरिएको प्रक्रिया पनि रोकिएको छ ।