जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार ११:००

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौं, २८ जेठ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।