जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार १०:४०

अनेरास्ववियुको नेतृत्व चयनको लागि आज मतदान हुँदै, यी हुन् पदाधिकारीका उम्मेदवारहरू 


काठमाडौं, २८ जेठ । अनेरास्वियुको २४ औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि आज निर्वाचन हुँदै छ ।

अनेरास्ववियको अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गर्दा उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ ।

महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ ।

उपमहासचिव पदमा अमर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ

सचिवको लागि भने ४० जनाको उम्मेदवारी परेको छ ।

मतदान बिहान १० बजेदेखि ५ बजेसम्म हुने भनिएको भए पनि विद्युतीय मतदान मेसिनमा नाम सेटिङ गर्नुपर्ने भएकोले केही ढिलो गरी सुरु हुने अध्यक्ष मण्डलका अध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो ।