काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन्। परियारसहित महानगरकै सूचना अधिकारी बस्नत आचार्य, रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, नमराज ढकाल, जनार्दशन गिरी र उत्तम दाहालविरूद्व मुद्दा दर्ता भएको हो ।
उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ।
प्रतिक्रिया दिनुहोस्