काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयदेखिको सम्वादहीनता तोडिएको छ । उपमेयर डंगोलको पहलसँगै मेयर बालेनले लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउने गृहकार्य अघि बढाउनु भएको छ ।
मेयर बालेन र उपमेयर सुनीताबीच बुधवार तीन पार्टीबाट निर्वाचित तीन जना वडाअध्यक्षसँग गोप्य छलफल गरी निकास निकालिएसँगै प्रकृया अघि बढेको महानगरपालिकाका एक वडाध्यक्षले जनताटाइम्स डटकमलाई बताए । बिगत केही समयदेखि मेयर साहबिरुद्ध काठमाडौं महानगरपालिकाका सवै कार्यपालिका सदस्यहरु डंगोलसमेत मेयरको बदमासीले सीमा नाघेको निश्कर्षमा पुगेर सम्वादहीनतामा रहेपछि दुवैबीच छलफलसमेत हुनसकेको थिएन । थिए ।
बिहीवारको छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो । तीन वडाध्यक्षले मेयर र उपमेयरबीच सहजीकरण गर्नुभएको स्रोतले बताएको छ ।
बैठकमा बालेनले मिलेर अगाडि बढ्ने प्रस्ताव गर्दै अव एकल रुपमा अघि नबढने प्रतिवद्धता जनाउनुका साथै चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न पनि सहमत हुनुभएको छ । काठमाडौं महानगर कार्यपालिकाको बैठक गत २०८१ पुस १४ गतेबाट बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा बालेन एकातिर र उपमेयरसहित सबैजसो कार्यपालिका सदस्यहरू अर्कोतिर भएपछि बैठक नै नबोलाइएको हो ।
कर्मचारीहरुको समेत साथ नपाएपछि मेयर बालेनले जनप्रनिधिहरुलाई विश्वासमा लिनका लागि सहकार्यका साथ अघि बढने बताउनु भएको हो । वडाध्यक्षहरू सहितको बैठक सकिएपछि मेयर साह र उपमेयर डंगोलबीच छुट्टै छलफल भएको छ । बालेन र सुनिताबीच करिब अढाइ महिनापछि पहिलो पटक सो छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्