काठमाडौं, जेठ २९ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरिएको छ ।
कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित कुशवाहाको घरमा अख्तियारले जेठ १२ गते छापा मारेको थियो । त्यसबेला कुशवाहाकास्वकीय सचिव विनोदकुमार लाल कायस्थसमेत पक्राउ परेका थिए ।
अनुसन्धान अधिकारीहरुले कुशवाहको घरबाट विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।
मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा उहाँमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । कुशवाहा मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्