जनता टाइम्स

३० जेष्ठ २०८२, शुक्रबार ००:२५

अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरिया बिजयी, ७ मत नपुग्दा प्रकाश पौडेल पराजीत


काठमाडौं, जेठ ३० । अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित हुनुभएको छ ।

२४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा भर्खरै सम्पन्न मतगणना परिणामअनुसार रामेछापका डा. कडरिया प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेललाई थोरै मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बिहीवार भएको निर्वाचनमा कुल १४ सय ५७ मत खसेको थियो । जसमा कडरियाले ७३२ मत प्राप्त गरी बिजयी बन्नुभएको हो । पराजीत पौडेलले ७२५ मत पाउनु भएको छ ।