जनता टाइम्स

३० जेष्ठ २०८२, शुक्रबार ००:४८

सुजन कडरिया ७ मतले अध्यक्ष जित्दा यी हुन अनेरास्वबियुमा निर्वाचित पदाधिकारीका टीम (सूचीसहित)


काठमाडौं, जेठ ३० । अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित हुनुभएको छ ।

२४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा भर्खरै सम्पन्न मतगणना परिणामअनुसार रामेछापका डा. कडरिया प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेललाई थोरै मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बिहीवार भएको निर्वाचनमा कुल १४ सय ५७ मत खसेको थियो । जसमा कडरियाले ७३२ मत प्राप्त गरी बिजयी बन्नुभएको हो । पौडेलले ७२५ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा अञ्जना शिवाकोटी र बिकाश श्रेष्ठ बिजयी हुनुभएको छ । यस्तै महासचिवमा दिपक धामी बिजयी हुनुभएको छ ।

निर्वाचनमा उपमहासचिवमा कमल जोशी तथा सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र समीमबाबु खान बिजयी हुनुभएको छ । यस्तै आयोगको अध्यक्षहरुमा यसैगरी प्रकाश बिष्ट, अञ्जली लम्साल, सुमन घिमिरे र जीतप्रकाश सिटौला निर्वाचित हुनुभएको छ ।