जनता टाइम्स

३० जेष्ठ २०८२, शुक्रबार १४:०६

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ : देउवा


काठमाडौँ ,३० जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुकका सवै तहमा राजनीतिक तहमा सवैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका हुन् ।

समावेशी नेतृत्व बिकासका लागि पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए । सभापति देउवाले अबको बाटो संकल्प र कार्यान्वयको भएकाले कुरामा नभइ काममा ध्यान दिनुपर्ने जिकिर गरे । उनले समावेशी नेतृत्व बिकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिए । त्यस्तै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रतिवद्धता समेत जनाए ।