जनता टाइम्स

३० जेष्ठ २०८२, शुक्रबार २२:०७

माधव नेपाललाई सदन छिर्ने ढोका बन्द, सभामुखले गराए सांसद पद निलम्बन भएको जानकारी


काठमाडौं, जेठ ३० । सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रतनिधिसभा सदस्य माधवकुमार नेपालको सांसद पद निलम्बन भएको जानकारी संसदलाई दिनुभएको छ ।

सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने जानकारी सभामुख घिमिरेले सदनलाई गराउनु भएको हो ।

आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले उहाँको सांसद पद स्वतः निलम्बन भएको सभामुख घिमिरे सदनलाई जानकारी गराउनु भयो । सभामुख घिमिरेले यो जानकारी गराएसँगै सदनमा प्रवेश गर्ने माधवको ढोका बन्द भएको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा दर्ता भएपछि तनावमा पर्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई शुक्रवारबाट सदन छिर्ने ढोका पनि बन्द भएको छ । सभामुख देवराज घिमिरेले अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्धको अन्तिम किनारा नलाग्दासम्म मावधको सांसद पद निलम्बन भएको जानकारी शुक्रवार सदनमा गराएसँग माधवको संसद छिने ढोका बन्द भएको हो ।