काठमाडौं, असार १ । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को अध्यक्षमा दुई जना दावेदार देखिएका छन ।
अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापा सर्वसम्मत हुने संभावना नरहेपछि विकल्पमा ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास सफल हुन नसकेको हो ।
यसअघि सर्वसम्मत अध्यक्ष बन्न नेतृत्वले वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, ईश्वरी भट्टराई र डिल्ली मैनालीलाई आग्रह गरेकोमा उनीहरूले चाहना नराखेपछि विकल्पमा थपलियालाई अघि सारिएको थियो । उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्ष पदमा थपलिया र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा वरिष्ठ अधिवक्ता भीमसेन बन्जाराको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा हिमादेवी बस्नेत र यसोदा खरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै महासचिवमा देवीप्रसाद भट्टराई, चुडामणी पौडेल, शिव अर्याल, शान्तिराम खतिवडा र भुवनप्रसाद निरौलाको उम्मेदवारी परेको छ । उपमहासचिवमा बाबुराम राई, सहकुल खत्री र बालकृष्ण आचार्यको परेको छ ।
सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । सचिवका लागि सुदर्शन थपलिया, सरोजकुमार गिरी, प्रेमप्रसाद धिताल, मुकुन्दप्रसाद अधिकारी, रामजनक कटुवाल, अनन्तराज लुइँटेल, युवककुमार गौतम, हरिप्रसाद मैनाली र बलराम बुढाथोकीले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै महिला सचिवमा राधिका खतिवडा र अनिता गुरुङले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । यस्तै कोषाध्यक्षमा प्रविणकुमार प्रधान र कुमारप्रसाद घिमिरेको उम्मेदवारी परेको छ । प्रबीन सर्वसम्मत हुन लागेको बेला चुनाव गराउन घिमिरेलाई उम्मेदवार दर्ता गर्न लगाएको हो ।
प्रदेशगतरूपमा निर्वाचित हुने केन्द्रीय सदस्यहरु अधिकांशबाट निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार दलिततर्फ कुन्जनी परियार प्यासी निर्विरोध हुनुभएको छ ।
त्यस्तै कोशीबाट सुमित्र कोइराला, हरिबहादुर बराल र खगेन्द्र बास्कोटा निर्विरोध निर्वाचित हुनुभएको छ । मधेशबाट दिपक कुमार केसी,रविकेशर ठाकुर र पार्वती राउत, लुम्बिनीबाट हिरा कुँवर, ठाकुरप्रसाद वली र पदम पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ।
यस्तै सुदुरपश्चिमबाट आरती खड्का,भोजराज पाठक र प्रेमवहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । विशेषबाट हरि प्रसाद पंगेनी, भक्तपुरबाट सानु सुवाल र ललितपुरबाट सुशील पोखरेल पनि निर्विरोध निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्