काठमाडौं, ३ असार । प्रतिनिधि सभामा नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभामा अभद्र व्यवहार देखाएकाले बैठकबाट निष्कासन गर्न माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा नियमापत्ति जनाउँदै उहाँले रास्वपाका सांसदहरूले अमर्यादित पोसाक लगाएर आएका भन्दै बैठकबाट निकाल्न माग गर्नुभएको थियो । रास्वपाका सांसदहरूले आजको बैठकमा निलो स्क्राफ भिरेर गएका थिए । ‘संसदमा मर्यादित पोसाकमा आउनु पर्छ भन्ने व्यवस्था गरिएको छ, अहिले संसदमा केही माननियले जुन स्क्राफ लगाएर आउनु भएको छ, त्यो मर्यादित पोसाक भित्र पर्छ कि पर्दैन ?’, उहाँले भन्नुभयो ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा माग गर्दै आएका रास्वपाका सांसदहरूले गत जेठ १३ गतेदेखि संसदमा विरोध जनाउँदै आएका छन् । आज पनि उनीहरूले नारा लगाएर संसद् बैठकमा विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक रोक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्