जनता टाइम्स

८ असार २०८२, आईतवार ०६:१०

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि : नेपालले सिङ्गापुरसँग खेल्दै


काठमाडौं, ८ असार ।– एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि मलेसियामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग खेल्दैछ । यो खेल बिहान पौने ८ बजे शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ ।

टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन् । १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।

यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

यस्तो छ नेपाली टोली –

विपिनप्रसाद शर्मा, सूर्याशु कोइराला, शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैशी, जोय थापा, रोशन शाही